जनकपुरधाम राजदेवी मन्दिरमा बोका बलि सम्पन्न : कुल संख्या १४,९०३

असोज १५, जनकपुरधाम। जनकपुरधामस्थित प्रसिद्ध शक्ति पीठ माता राजदेवी मन्दिरमा यस वर्षको महाअष्टमी  अवसरमा परम्परागत रूपमा बोका बलि सम्पन्न गरिएको छ।

मन्दिर व्यवस्थापन समितिका अनुसार यस वर्ष कुल १४,९०३ वटा बोका बलि अर्पण गरिएको छ। बलि कार्यक्रम मंगलवार राति ठीक ८:०१ बजेदेखि सुरु भई बुधबार बिहान ३:५२ बजेसम्म निरन्तर सञ्चालन भएको थियो।

दशैमा विशेष गरी माता दुर्गालाई बलि चढाउने परम्परा मिथिला क्षेत्रमा प्राचीन कालदेखि चलिआएको छ। भक्तजनले आफूले लिएको व्रत पूरा भएको, मनोकामना सिद्ध हुने र देवी प्रसन्न हुने विश्वाससहित बलि अर्पण गर्ने गर्दछन्।

बलि अर्पणका लागि जनकपुरधाम मात्र नभई मधेश प्रदेशका विभिन्न जिल्लासहित भारतको सीमावर्ती क्षेत्रमा रहेका भक्तजन पनि ठूलो संख्यामा सहभागी भएका थिए।

  • सम्बन्धित समाचारहरु

    मन्त्रिपरिषद् निर्णय: सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक निकायको मान्यता, भन्सार नियमावली स्वीकृत

    Read more

    भारतीय विदेश सचिव विक्रम मिसरीको नेपाल भ्रमण: द्विपक्षीय सहकार्यलाई ‘उपलब्धिमुखी’ बनाउने पहल

    Read more