बडा दशैंको नवौं दिन माता सिद्धिदात्रीको पूजा आराधना

असोज १५,जनकपुरधाम। नेपालीहरूको महान् पर्व बडा दशैंको नवौं दिन आज माता सिद्धिदात्री देवीको पूजा–आराधना गरी मनाइँदैछ।

सिद्धिदात्रीलाई नवदुर्गाको अन्तिम स्वरूप मानिन्छ। धार्मिक विश्वासअनुसार देवी सिद्धिदात्रीको आराधनाले भक्तजनलाई सांसारिक बन्धन, अज्ञान र दुःखबाट मुक्त गर्दै परमात्मासँग एकरूप बनाउँछ।

उहाँ केवल शक्ति र सिद्धिदात्री मात्र नभई ब्रह्मानन्द र मोक्षकी प्रतीक मानिन्छिन्। यही कारण आजको दिनमा विशेषगरी भक्तजनहरू माताको पूजाअर्चना गर्दै दीर्घायु, समृद्धि र शान्तिको कामना गर्छन्।

जनकपुरधामका विभिन्न शक्ति पिठ्हरुमा  विहानैदेखि भक्तजनहरूको भीड लागेको छ। नवमीको अवसरमा विशेष पूजाआजा, बलि र प्रसाद चढाउने परम्परा पनि रहेको छ।बडा दशैंको अन्तिम स्वरूपमा गरिने सिद्धिदात्रीको पूजा सम्पन्न भएपछि दसैंको विजया दशमी अर्थात् टीका–जमारो पर्वको तयारी हुने प्रचलन रहेको ।

 

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more