जनकपुरधाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप शिविर सञ्चालन

११ बैशाख , जनकपुरधाम।  जनकपुरधाम उपमहानगरपालिका ले सामुदायिक कुकुर व्यवस्थापन तथा रेविज नियन्त्रण गर्ने उद्देश्यले निःशुल्क बन्ध्याकरण तथा रेविज विरुद्धको खोप कार्यक्रम सञ्चालन गरेको छ।
उपमहानगरपालिकाको पशुपन्छी विकास शाखाको आयोजनामा सुरु भएको उक्त कार्यक्रम बैशाख ११ गतेदेखि १३ गतेसम्म सञ्चालन हुने जनाइएको छ। कार्यक्रमअन्तर्गत सामुदायिक कुकुरहरूको बन्ध्याकरण गरी जनसंख्या नियन्त्रण गर्नुका साथै रेविज रोगको जोखिम न्यूनीकरण गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ।
यस अभियानले समुदायमा जनस्वास्थ्य सुरक्षा अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ। विशेषगरी अव्यवस्थित रूपमा बढ्दै गएको कुकुरको संख्या नियन्त्रण र रेविजजस्तो घातक रोगको रोकथाममा कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको छ।
कार्यक्रममा प्राविधिक सहयोग नेपाल एग्री लाइभस्टक ट्रेनिङ एण्ड रिसर्च सेन्टर ले प्रदान गर्नेछ। अनुभवी प्राविधिक टोलीद्वारा कुकुरहरूको सुरक्षित रूपमा बन्ध्याकरण तथा खोप प्रदान गरिने जानकारी दिइएको छ।
उपमहानगरपालिकाले स्थानीयवासीलाई आफ्ना क्षेत्रमा रहेका सामुदायिक कुकुरहरूलाई शिविरमा ल्याई सहयोग गर्न आग्रह गरेको छ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र

    Read more

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more