भारतमा आम आदमी पार्टीमा ठूलो फुटको दाबी, शीर्ष नेताहरू भाजपा प्रवेश गर्ने घोषणा

११ बैशाख , नइ दिल्ली ।  भारतको आम आदमी पार्टी (AAP) भित्र ठूलो फुट परेको दाबी गरिएको छ। पार्टीका वरिष्ठ नेता तथा राज्यसभा सांसद राघव चड्ढा ले आफू पार्टीबाट अलग हुँदै भारतीय जनता पार्टी (भाजपा)मा प्रवेश गर्ने घोषणा गरेका छन्।
चड्ढासहित राज्यसभा सांसद संदीप पाठक र अशोक मित्तल पनि भाजपा प्रवेश गर्ने तयारीमा रहेको जनाइएको छ। त्यस्तै हरभजन सिंह, राजेंद्र गुप्ता, स्वाती मालिवाल र विक्रम साहनी समेत भाजपा प्रवेश गर्ने सूचीमा रहेको बताइएको छ।
पार्टी छोड्ने घोषणा गर्दै चड्ढाले आम आदमी पार्टीले देशको हितभन्दा व्यक्तिगत फाइदाका लागि काम गर्न थालेको आरोप लगाए। “भ्रष्टाचार अन्त्य गर्ने नारा लिएर बनेको पार्टी अहिले सम्झौतावादी र विवादित व्यक्तिहरूको हातमा पुगेको छ,” उनले भने।
आफू पार्टीको संस्थापक सदस्य रहेको उल्लेख गर्दै उनले एक वर्षदेखि पार्टी गतिविधिबाट टाढा रहेको पनि बताए। “मैले आफ्नो खून–पसिनाले पार्टी निर्माण गरेको हुँ, तर अहिलेको आम आदमी पार्टी पहिलेको जस्तो छैन,” उनले भने।
चड्ढाले आम आदमी पार्टीका करिब दुई तिहाइ सांसदहरू भाजपा प्रवेश गर्ने दाबी समेत गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाममा संविधान संशोधन र हिन्दूराष्ट्रको माग गर्दै राष्ट्रिय एकता दलको प्रदर्शन

    Read more

    संविधान पूरा हुने दिन हामी आफैँ ल्याउनुपर्छ” : प्रधानमन्त्री बालेन

    Read more