जलेश्वरमा मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

१० बैशाख ,महोत्तरी। जलेश्वरमा बिहीबार साँझ दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
जलेश्वर जिरोमाइल क्षेत्रमा जलेश्वरबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०२–०२–००५ प २७५८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको ज ४ प २९९६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा जलेश्वर–२ का ३० वर्षीय दिपक साह र जलेश्वर–७ बेलाका ४० वर्षीय सन्जित झा घाइते भएका छन्। दुवैजनाको टाउको, नाक तथा शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ।
घाइतेहरूलाई तत्काल प्रादेशिक अस्पताल जलेश्वरमा ल्याई प्राथमिक उपचार गरिएको थियो। तर अवस्था गम्भीर देखिएपछि चिकित्सकले थप उपचारका लागि जनकपुर पठाएको जनाइएको छ।
दुर्घटनामा संलग्न दुवै मोटरसाइकल जिल्ला प्रहरी कार्यालय जलेश्वरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधामको चार किल्ला क्षेत्र रामजानकी मन्दिर संरक्षित स्मारक क्षेत्र घोषणा

    Read more

    रौतहटमा पत्रकार उपर आक्रमण भएको तीन दिन बित्दा पनि आरोपित पक्राउ परेनन्

    Read more