मन्त्रिपरिषद् निर्णय: सुरक्षण मुद्रण केन्द्रलाई व्यापारिक निकायको मान्यता, भन्सार नियमावली स्वीकृत

१४ बैशाख , काठमाडौ । — सरकारले सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सक्ने व्यापारिक सार्वजनिक निकायको रूपमा समावेश गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेल ले सम्बन्धित सूचना नेपाल राजपत्रमा प्रकाशित गरिने जानकारी दिएका छन्।
बैठकले भन्सार नियमावली २०८३ पनि स्वीकृत गरेको छ। साथै, मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लाई सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) पदमा नियुक्त गर्ने निर्णयसमेत गरेको छ।

  • सम्बन्धित समाचारहरु

    १५औँ महाधिवेशनका लागि कांग्रेसको वडा तहमा नेतृत्व चयन जारी

    Read more

    रास्वपा सचिवालय बैठकका ७ निर्णय : भोटेकोशी पीडितदेखि पार्टी गतिविधि पुनः सञ्चालनसम्म

    Read more