भारतीय विदेश सचिव विक्रम मिसरीको नेपाल भ्रमण: द्विपक्षीय सहकार्यलाई ‘उपलब्धिमुखी’ बनाउने पहल

१४ बैशाख , काठमाडौ ।  — विक्रम मिसरी औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन्। नेपाल–भारत सम्बन्धलाई थप मजबुत, व्यावहारिक र परिणाममुखी बनाउने उद्देश्यसहित यो भ्रमणलाई महत्वपूर्ण कूटनीतिक पहलका रूपमा हेरिएको छ।
भ्रमणका क्रममा दुई देशबीच सञ्चालनमा रहेका द्विपक्षीय संयन्त्रहरूको समग्र समीक्षा गरिनेछ। साथै, विगतमा ढिलाइ भएका विकास परियोजनालाई अघि बढाउने, ऊर्जा, भौतिक पूर्वाधार तथा डिजिटल कनेक्टिभिटीका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विस्तृत छलफल हुने बताइएको छ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी को औपचारिक निमन्त्रणा पनि नेपालका समकक्षीलाई हस्तान्तरण गरिने तयारी छ। यसलाई आगामी उच्चस्तरीय भ्रमणको मार्ग प्रशस्त गर्ने प्रारम्भिक कदमका रूपमा लिइएको छ।
परराष्ट्र स्रोतका अनुसार दुवै देशले सहकार्यलाई ‘औपचारिकतामा सीमित नभई उपलब्धिमुखी’ बनाउनेतर्फ जोड दिनेछन्। नेपाल–भारत सम्बन्धलाई नयाँ गतिशीलता दिने अपेक्षासहित यो भ्रमणलाई नजिकबाट हेरिएको छ।

  • सम्बन्धित समाचारहरु

    सम्झौताको हल्ला अस्वीकार गर्दै राष्ट्रिय एकता दल, अध्यक्ष विनय यादवको अनशन जारी

    Read more

    संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

    Read more