आर्थिक वर्ष २०८१/८२ मा घुसकाण्डमा मुछिएका ३९२ कर्मचारी

असोज ९, काठमाडौ ।  आर्थिक वर्ष २०८१/८२ मा विभिन्न तहका ३९२ सरकारी कर्मचारी घुसकाण्डमा मुछिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (सीआईएए) को प्रतिवेदनले देखाएको छ।

सीआईएएले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनअनुसार सर्वाधिक शाखा अधिकृत वा सो सरहका १७२ जना कर्मचारी घुससम्बन्धी उजुरी र कारबाहीमा परेका छन्। त्यसपछि सहायकस्तरका १४१ जना कर्मचारी मुछिएका छन्।

त्यस्तै, उपसचिव वा सो सरहका ५४ जना, सहसचिव वा सो सरहका २४ जना र विशिष्ट श्रेणी (सचिवस्तर) का १ जना कर्मचारी घुस प्रकरणमा संलग्न रहेको प्रतिवेदनले प्रष्ट्याएको छ।

प्रतिवेदनमा उल्लेख भएअनुसार, आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका उजुरीमध्ये ठुलो हिस्सा घुससम्बन्धी कार्यमा केन्द्रित रह्यो। यसले सरकारी सेवामा अझै पनि इमानदारी र पारदर्शिताको गम्भीर चुनौती कायम रहेको देखाएको आयोगले निष्कर्ष निकालेको छ।

आयोगले घुस प्रकरणमा संलग्न कर्मचारीमाथि कारबाही अघि बढाइरहेको जनाएको छ। साथै, घुस र भ्रष्टाचार नियन्त्रणका लागि नीतिगत सुधार, द्रुत छानबिन र प्राविधिक प्रयोगलाई प्राथमिकता दिइने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    कांग्रेस महाधिवेशन रोक्न माग गरिएको रिट दर्ता गर्न अस्वीकार गर्ने निर्णय सर्वोच्चद्वारा सदर

    Read more

    भोटेकोशी बाढीपछिको पुनर्निर्माणका लागि सहयोग जुटाउन अर्थमन्त्री वाग्ले भारत जाँदै

    Read more