दशैँको चौथो दिन : कुष्माण्डा देवीको पूजा अर्चना

असोज ९, जनकपुरधाम। महान चाड बडादसैँको चौथो दिन आज घर–घरमा तथा मन्दिरहरूमा नौ दुर्गामध्येकी चौथी देवी कुष्माण्डाको पूजा–अर्चना गरी मनाइँदैछ ।

दशैँ घर वा पूजा कोठामा घटस्थापना गरेर सुरु गरिएको नवरात्रमा प्रत्येक दिन फरक–फरक देवीको आराधना गर्ने परम्परा छ । आजको दिन कुष्माण्डा देवीलाई शक्ति, समृद्धि र रोग–व्याधि निवारण गर्ने माताको स्वरूपका रूपमा पूजिन्छ । धार्मिक विश्वासअनुसार कुष्माण्डा देवीको आराधनाले मानसिक शान्ति, आयु वृद्धि र आत्मबल प्राप्त हुने मानिन्छ ।

आज बिहानैदेखि नै  जनकपुरधामस्थित  राजदेवी मन्दिर, बौधी मन्दिर, अमरखाना मन्दिर लगायतमा भत्तजन  विभिन्न शक्तिपीठ र  देवी मन्दिरहरूमा भक्तजनको भिड देखिएको छ ।

यस दिन व्रत बसेर देवीको ध्यान गर्ने परम्परा पनि रहेको छ । पण्डित ज्योतिर्विद्य अमित कुमार झा का अनुसार कुष्माण्डा शब्दको अर्थ ‘कुम्हडा (फल) जस्तै सृष्टि सिर्जना गर्ने शक्ति’ भन्ने हुन्छ । उनी ब्रह्माण्डको उत्पत्ति गर्ने आदिशक्ति मानिन्छिन् ।

बडादसैँको सुरुवातसँगै जनजीवनमा चहलपहल बढ्दै गएको छ । बजारहरूमा किनमेलको भीड बढेको छ भने घर–घरमा पूजा तयारी र आफन्तजन भेटघाट गर्ने क्रम सुरु भएको छ ।यसरी दशैँको चौथो दिन कुष्माण्डा देवीको पूजा सम्पन्न भएपछि भोलि पञ्चमीको दिन स्कन्दमाता देवीको आराधना गरिनेछ ।

 

  • सम्बन्धित समाचारहरु

    जलेश्वरमा मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

    Read more

    संविधान संशोधन बहसपत्र कार्यदलको दोस्रो बैठक सम्पन्न, कार्ययोजना स्वीकृत

    Read more