नेपाली पासपोर्टको दुरुपयोग गर्दै २०० म्यानमारी नागरिक साउदी अरब पुगेको खुलासा

असोज ८, काठमाडौ । करिब २०० म्यानमारी नागरिकले नेपाली पासपोर्ट दुरुपयोग गर्दै साउदी अरब पुगेको खुलासा भएको छ। साउदी अरबको अध्यागमन विभागले भिसा अवधि सकिएका कारण ती व्यक्तिहरूलाई नियन्त्रणमा लिएको थियो।

साउदी प्रशासनले पत्ता लगाएपछि उनीहरू नेपाली नभएको प्रमाणित भएपछि नेपाली दूतावासले ‘ट्राभल डकुमेन्ट’ जारी गर्न अस्वीकार गरेको छ।

नेपाली दूतावासका अनुसार नियन्त्रणमा परेकामध्ये करिब ९० प्रतिशतसँग हस्तलिखित पासपोर्ट छन् भने बाँकीसँग एमआरपी पासपोर्ट रहेको छ। प्रारम्भिक अनुसन्धानले उनीहरूले नक्कली नागरिकता बनाई पासपोर्ट निकालिएको आशंका गरिएको बताइएको छ।यस घटनाबारे परराष्ट्र मन्त्रालयले अनुसन्धान थालेको छ भने साउदी प्रशासनले ती व्यक्तिहरूलाई छिटो फिर्ता पठाउन दबाब दिइरहेको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more