मन्त्रीको गाडीले बालिकालाई ठक्कर, प्रधानमन्त्री ओलीले घटनालाई सामान्य भएको बताए

भदौ २१, काठमाडौ । नेकपा एमालेका एक मन्त्रीको गाडीले बालिकालाई ठक्कर दिई घाइते बनाएको घटनाले राजनीतिक चर्चा पाएको छ । घटनापछि मन्त्री भने तत्काल घटनास्थलबाट भागेको बताइएको छ ।

यसै विषयमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले घटनालाई सामान्य भएको बताएका छन् । उनले यसलाई अनावश्यक रूपमा राजनीतिकरण नगर्न सबैलाई आग्रहसमेत गरेका छन् ।

ओलीले भने, “यस्ता सवारी दुर्घटना जुनसुकै समयमा पनि हुन सक्छन्, त्यसलाई राजनीतिक एजेन्डा बनाउन खोज्नु गलत हो । पीडितलाई उपचारका लागि आवश्यक सहयोग सरकारतर्फबाट उपलब्ध गराइनेछ ।”

घाइते बालिकाको अवस्था भने अहिले सामान्य रहेको बताइएको छ । विपक्षी दलहरूले भने मन्त्रीले जिम्मेवारीबाट पन्छिन खोजेको र सरकार पीडितको पक्षमा संवेदनशील नदेखिएको भन्दै आलोचना गरेका छन् ।

 

  • सम्बन्धित समाचारहरु

    निर्देशन अवज्ञा गर्दा जनकपुरधामको लिटिल चेम्प स्कुललाई जरिवाना

    Read more

    इरानको अडानपछि अमेरिका युद्धविराम लम्ब्याउन बाध्य

    Read more