विद्यालय ड्रेसमै चुरोट–गुट्खा सेवन गर्ने विद्यार्थी रोक्न उद्योग वाणिज्य संघलाई हिसान धनुषाको अपिल

भदौ २१, जनकपुरधाम। उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) धनुषाले जनकपुरधामका विद्यालय/क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू स्वास्थ्य र समाजमा प्रतिकूल असर पर्ने गतिविधिमा संलग्न भइरहेको भन्दै यसलाई रोक्न जनकपुरधाम उद्योग वाणिज्य संघसँग सहयोगको अपिल गरेको छ।

हिसान धनुषाका अध्यक्ष संजीव कुमार ठाकुरद्वारा हस्ताक्षरित पत्रमा विद्यालय तथा क्याम्पस ड्रेसमै पसलमा गई विद्यार्थीहरूले चुरोट, बैनी, गुट्खा लगायतका हानिकारक पदार्थ किन्ने तथा सेवन गर्ने गरेको पाइएकाले तत्काल नियन्त्रण आवश्यक भएको उल्लेख गरिएको छ।

यसका लागि गत साउन १६ गते बसेको संघको बैठकले सबै विद्यालय/क्याम्पसहरूलाई सक्रिय पहल गर्न निर्देशन दिएको र उक्त कार्यलाई प्रभावकारी बनाउन उद्योग वाणिज्य संघले पनि सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको अध्यक्ष ठाकुरले बताएका छन्।

संघले विद्यार्थीलाई हानिकारक पदार्थ नबेच्न जनकपुरधाम उपमहानगरपालिकाभित्रका सबै पसलहरूलाई कडाइका साथ निर्देशन दिन र आवश्यक परिपत्र जारी गर्न पनि उद्योग वाणिज्य संघलाई आग्रह गरेको छ।

 

 

 

  • सम्बन्धित समाचारहरु

    गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

    Read more

    विवादबीच गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग भेटघाटमा

    Read more