उपसभामुख रानालाई हटाउन कांग्रेस एमाले सांसदको हस्ताक्षर संकलन

३ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउनका लागि प्रस्ताव अघि बढाउने तयारी गरेका छन् । त्यसका लागि अहिले दुवै दलले सांसद्हरुको हस्ताक्षर संकलन गर्न सांसदलाई सिंहरदरबारस्थित संसदीय दलको कार्यालयमा बोलाएका छन् ।

कांग्रेसको पदाधिकारीको बैठक बसिरहेको छ । यो बैठकपछि सांसदहरुलाई सिंहदरबारस्थित दलको कार्यालयमा सांसदहरु आउन थालेका छन् ।

त्यस्तै एमाले पनि सांसदहरूलाई बोलाएको छ । एमालेका एक सांसदका अनुसार दुई बजेसम्म हस्ताक्षर गर्नेगरी सांसदहरूलाई खबर गरिएको छ । कांग्रेस र एमालेका नेताहरूबीच सोमबार साँझ बालुवाटारमा बैठक बसेको थियो ।

महान्यायाधिवक्ता रमेश बडालसहित उनीहरूले छलफल गरेका थिए । उक्त छलफलमा सामाजिक सञ्जाल नियमन गर्नेबारे सर्वोच्च अदालतको फैसलाको मात्र होइन उपसभामुखको हटाउनेबारे पनि छलफल भएको थियो । त्यही छलफलपछि मंगलबार नै त्यो प्रक्रिया अघि बढाउन दलहरु लागेका हुन् ।

उपसभामुख रानामाथि अमेरिका लैजाने प्रयोगका लागि भिसा जारी गर्नका लागि अमेरिकी राजदूतावासमा आफ्नो लेटरप्याडबाट चिठ्ठी पठाएको अभियोग छ । यसअघि पनि रानामाथि हटाउने तयारी भएको थियो । तर विरोध भएका कारण यो प्रक्रिया अघि बढेको थिएन ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply