दुर्गा प्रसाईले राजसंस्था पुनःस्थापनाको एजेन्डा त्यागे, नयाँ दल खोल्ने घोषणा

भाद्र २, काठमाडौ। राजसंस्था पुनःस्थापनाका आन्दोलनका ‘जनकमान्डर’ तोकिएका दुर्गा प्रसाईले राजसंस्था पुनःस्थापनाको एजेन्डा त्यागेको घोषणा गरेका छन्।

सोमबार आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईले आफू राजावादी नभएको स्पष्ट पारे। उनले भने, “म राजसंस्था फाल्नका लागि सैनिक हिरासतमा बसेको मान्छे हुँ। म राष्ट्रवादी थिएँ। राजालाई भेट्दा पनि भनेको थिएँ, म राष्ट्रवादी हुँ।”

प्रसाईले चैत्र १५ गते काठमाडौंको तीनकुनेमा भएको आन्दोलन विफल हुनुमा राजावादी र राप्रपाको भूमिका रहेको आरोप लगाए। उनका अनुसार, आन्दोलनलाई बिगार्ने काम ‘राजाको ट्याटु खोपेकाहरू’ ले गरेका हुन्।राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवल शमशेर राणामाथि पनि उनले कटाक्ष गरे। “म पुग्नुअघि नै धवल शमशेर र रवीन्द्र मिश्र तीनकुने पुगेका थिए। घटना भएपछि हामी पाहुना थियौं, उम्किन कोशिश गर्‍यौं। आन्दोलन बिगार्ने काम राप्रपा र राजावादीहरूले गरेका हुन्,” उनले आरोप लगाए।

राजसंस्थाबारे सोधिएको प्रश्नमा प्रसाईले आफ्नो एजेन्डा फरक भएको बताए। उनका अनुसार, “हाम्रो एजेन्डा वैदिक सनातन हिन्दू राष्ट्र नेपाल हो। त्यसमा प्रदेश खारेज, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री जस्ता मुद्दा पनि समेटिएका छन्।”प्रसाईले व्यवस्थाभित्रै रहेर व्यवस्थाविरोधी आन्दोलन गर्ने घोषणा गर्दै नयाँ दल खोल्ने तयारी समेत सार्वजनिक गरेका छन्।

 

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    Leave a Reply