गौर हत्याकाण्डमा सर्वोच्चको परमादेश, अनुसन्धान अघि बढाउन आदेश

भाद्र २, काठमाडौ ।  बहुचर्चित गौर हत्याकाण्डको अनुसन्धान अघि बढाउन सर्वोच्च अदालतले परमादेश जारी गरेको छ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई अनुसन्धान अघि बढाउन परमादेश गरेको हो।गौर हत्याकाण्डमा छानबिन हुनुपर्ने माग राख्दै पीडित पक्षका त्रिभुवन साहलगायतले जिल्ला प्रहरी कार्यालय रौतहट, जिल्ला सरकारी वकिल कार्यालय रौतहट, गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए।

सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेका अनुसार निवेदकको मागबमोजिम रिट जारी भएको हो।

घटनामा मारिएका आफन्तहरूले यसअघि जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दिए पनि अनुसन्धान अघि नबढेको भन्दै सर्वोच्चमा न्यायिक उपचार खोजेका थिए। अदालतले परमादेशसँगै अब गौर हत्याकाण्डबारे थप छानबिन अघि बढाउने बाटो खुलेको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more

    Leave a Reply