सामूहिक बलात्कार आरोपमा धनुषाका एक वकिल पक्राउ

१ भदौ, जनकपुरधाम । सामूहिक बलात्कारको घटनामा संलग्न भएको आरोपमा धनुषाका एक वकिल पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाका अधिवक्ता प्रमोद कुमार राय छन् ।

उनलाई शुक्रबार काठमाडौंको तीनकुने क्षेत्रबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनलाई शनिबार धनुषा ल्याइएको छ ।

आज धनुषा जिल्ला अदालतमा पेस गरेर म्याद थप गरिने तयारी रहेको प्रहरीले जनाएको छ ।

अधिवक्ता रायसहित तीनजनाले धनुषाकै एक महिलालाई सामूहिक बलात्कार गरेको प्रहरीमा जाहेरी इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा गत साता दर्ता भएको छ । धनुषा प्रहरीका अनुसार घटना १२ माघ २०८१ को हो ।

बिहान कुहिरो लागेको मौका छोपी अधिवक्ता रायसहित ३ जनाको समूहले जबर्जस्ती करणी गरेको जाहेरीमा पीडितले उल्लेख गरेकी छन् ।

पीडितले त्यसबेला नै इलाका प्रहरी कार्यालय महानगरमा उजुरी दिंदा दर्ता भएको थिएन । पीडित पक्ष उच्च अदालतमार्फत परमादेश ल्याएपछि इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरले जाहेरी दर्ता गरेको हो ।

सम्बन्धित समाचारहरु

रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

Read more

सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

Read more

Leave a Reply