भरत तालमा अज्ञात युवतीको शव फेला

श्रावण १४, सर्लाही । सर्लाही जिल्लाको बागमती नगरपालिका–१२ स्थित भरत तालमा बुधबार दिउँसो एक अज्ञात युवतीको शव फेला परेको छ। तालमा शव तैरिरहेको देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार दिउँसो करिब १२ बजेतिर स्थानीयले तालमा युवतीको शव देखेपछि इलाका प्रहरी कार्यालय कर्मैयामा जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरीको टोली घटनास्थलमा पुगेर डुङ्गाको सहायतामा शवलाई तालबाट निकालेको हो।

शवको पहिचान हालसम्म खुल्न सकेको छैन। मृतक युवती अन्दाजी २१–२२ वर्षकी रहेको र उनी तराई मूलकी जस्तो देखिने प्रहरीले जनाएको छ। उनी निलो जिन्स पाइन्ट, हरियो कुर्था लगाएकी थिइन् र हातमा रातो बाला पनि देखिएको प्रहरीले थप जानकारी दिएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार घटनाको प्रकृति के थियो भन्नेबारे विस्तृत अनुसन्धान भइरहेको छ। शव पोष्टमार्टमका लागि मलंगवा अस्पताल लगिएको छ। प्रहरी घटनाको कारण, सम्भावित आत्महत्या वा हत्या लगायत सबै कोणबाट अनुसन्धान गरिरहेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more

    संघीयता सुदृढीकरणको मागसहित जनमत पार्टी सडकमा उत्रिने

    Read more

    Leave a Reply