जनकपुरमा खुकुरी प्रहार: १४ वर्षीया किशोरीको मृत्यु, आमा र अर्की किशोरी घाइते

श्रावण १३, जनकपुरधाम। जनकपुरमा सोमबार राति भएको खुकुरी प्रहार घटनामा एक किशोरीको मृत्यु भएको छ भने दुई महिला घाइते भएका छन्। मृतक १४ वर्षीया अञ्जली यादव बटेश्वर गाउँपालिका–५ की स्थायी बासिन्दा हुन्। उनी हाल आमा आशा यादवसँग जनकपुरधाम उपमहानगरपालिका–४ कटैया चौरीमा बस्दै आएकी थिइन्।

प्रहरी स्रोतका अनुसार, राति घरमै भएको घटनामा अञ्जलीको घटनास्थलमै मृत्यु भएको हो। उनीसँगै रहेकी ३६ वर्षीया आमा आशा यादव र १५ वर्षीया राधा यादव खुकुरी प्रहारबाट घाइते भएका छन्। घाइतेहरूको उपचार जनकपुरस्थित प्रादेशिक अस्पतालमा भइरहेको छ।

घटनापछि मृतक अञ्जली यादवको शव पोस्टमार्टमका लागि अस्पतालमा पठाइएको छ। घटनाको पुष्टि धनुषा प्रहरीले गरे पनि विस्तृत विवरण दिन भने असमर्थता जनाएको छ। घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

तर, स्थानीयवासीले भने घटना प्रेम प्रसंगका कारण भएको हुन सक्ने अनुमान गरेका छन्। उनीहरूका अनुसार, अञ्जली र उनकी आमा आशा यादव करीब एक वर्षदेखि कटैया चौरीमा बस्दै आएका थिए। राति अञ्जलीको प्रेमीसँग झगडा भएको र त्यसपछि घटनाले हिंसात्मक मोड लिएको बताइएको छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply