श्रावण १७ सम्म पुष्य नक्षत्र, बुध–मंगलको प्रभावले तीव्र वर्षाको सम्भावना : ज्योतिषाचार्य झा

श्रावण ११, जनकपुरधाम। – यस वर्षको श्रावण महिनामा राम्रो वर्षाको योग रहेको ज्योतिषाचार्य पण्डित अमित कुमार झा बताउँछन्। उनका अनुसार, नक्षत्र, ग्रह गोचर र वारको विशेष संयोजनका कारण उत्तर-पूर्वी दिशातर्फ वर्षाको सक्रियता देखिन्छ भने भुस्खलन तथा भूकम्पका हल्का कम्पनहरू पनि महसुस हुन सक्ने सम्भावना रहेको उल्लेख गरिएको छ।

पण्डित झाका अनुसार, पुष्य नक्षत्र श्रावण १७ गतेसम्म रहनेछ। यो नक्षत्र विशेषतः पुरुष र महिलाको मिलन तथा प्राकृतिक उर्वरतासँग सम्बन्धित मानिन्छ। यस समयमा वर्षा र नमी (ओस) बढ्ने संकेत हुन्छ। बुद्ध ग्रह आज राती ११;४० बजे पछि मार्गी हुन्छ त्यासकारण वर्षा को सम्भावना आज ११:४० बजे पछि बुधवार सम्म राम्रो देखिन्छ पण्डित झा ले बताए ।

उनले भने, “मंगल ग्रह बादल मन्त्रीको रूपमा कार्यरत छन्, र बुधसँगको संयोजनले गर्दा स्वाभाविक रूपमा पानीका कणहरू वायुमण्डलमा सक्रिय हुने, अर्थात् वर्षा हुने सम्भावना बढी छ।” मंगलको यस्तो स्थिति विशेषगरी मौसमी प्रणाली सक्रिय हुने सूचक हो।

पाँचौँ शुक्रबार र शनिबार विशेष प्रभावशाली

यो महिनामा पाँचौँ शुक्रबार र पाँचौँ शनिबार परेको विशेष संयोग रहेको छ। विशेषगरी शुक्ल पक्षको ११ गते (मे २६ अनुसार) र भु~स्खलन तथावर्षाको तीव्रता बढ्ने संभावना ज्योतिषीय गणनाबाट देखिन्छ। विशेषगरी इशान कोण (उत्तर-पूर्व) मा अवस्थित भूभागहरूमा तीव्र वर्षा हुने अनुमान गरिएको छ।

भु~स्खलन तथा भूकम्पका हल्का कम्पनको संभावना

पण्डित झाले ग्रहीय चालका आधारमा पृथ्वीमा हल्का भूकम्पीय गतिविधि हुन सक्ने पनि बताएका छन्। यद्यपि, यो विनाशकारी प्रकृतिको नभई सावधानी र सतर्कता अपनाउनु उपयुक्त हुने संकेत हो। विशेषतः बुध र मंगलको दृष्टिकोणले पृथ्वीको चुम्बकीय क्षेत्रमा सानो तरङ्ग उत्पन्न हुने स्थिति देखिन्छ, जसबाट स-साना धक्का महसुस हुन सक्ने बताएका छन्।

  • सम्बन्धित समाचारहरु

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more

    संघीयता सुदृढीकरणको मागसहित जनमत पार्टी सडकमा उत्रिने

    Read more

    Leave a Reply