श्रममन्त्री भण्डारीको पहलमा एआई च्याटबोट र टेलिमेडिसिन सेवा सुरु

श्रावण ११, काठमाडौ । – वैदेशिक रोजगारमा रहेका नेपाली कामदारहरूका लागि अब सूचना पहुँच थप सहज र प्रभावकारी हुने भएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको विशेष पहलमा ‘श्रम संचार’ एपमा एआई (Artificial Intelligence) च्याटबोट तथा कल सेन्टर सेवा जोडिने भएको छ। यस प्रणालीमार्फत अब प्रवासी नेपालीहरूले नेपाली दूतावाससँग फेसबुक, ह्वाट्सएप वा वेबसाइटमार्फत सिधा संवाद गर्न सक्नेछन्।

श्रम मन्त्रालयको संयोजनमा आज आयोजित एक विशेष कार्यक्रममा गैरआवासीय नेपाली संघ (NRNA) को प्रविधिक टोलीले मन्त्री भण्डारी, श्रम मन्त्रालयका उच्च अधिकारीहरू तथा सरोकारवाला पक्षहरूलाई ‘श्रम संचार’ एपमा समावेश गरिएका प्रविधि र सेवा प्रणालीको डेमो प्रस्तुति दिएको थियो।

डिजिटल सेवा प्रणालीको पहिलो प्रयोगको रुपमा संयुक्त अरब इमिरेट्स (UAE) बाट पाइलट प्रोजेक्टको सुरुवात गरिने भएको छ। यसपछि क्रमशः मलेसिया, कतार, साउदी अरेबिया लगायत नेपाली कामदारको बढी उपस्थिति रहेका मुलुकहरूमा सेवा विस्तार गरिने श्रम मन्त्रालयले जनाएको छ।

नयाँ प्रणाली अन्तर्गत फोन नउठ्ने, सन्देशको जवाफ नआउने लगायतका समस्या समाधान हुने विश्वास लिइएको छ। एआई च्याटबोटले २४ सै घण्टा नेपाली भाषामा आवश्यक सूचना तथा सहयोग उपलब्ध गराउनेछ। यसैगरी, कल सेन्टर प्रणाली मार्फत आपतकालीन अवस्था वा जानकारीका लागि दूतावास र सम्बद्ध निकायसँग प्रत्यक्ष संवाद गर्न सकिनेछ।

  • सम्बन्धित समाचारहरु

    भारतसँग सबै क्षेत्रमा सहकार्य विस्तार गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

    Read more

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    Leave a Reply