जसपा परित्याग गर्दै प्रमोद गुप्ता र पारसप्रसाद साहसहित ५०० जना जनमत पार्टीमा प्रवेश

श्रावण ५,कलैया, बारा ।–बाराको कलैयामा सोमबार आयोजित एक भव्य कार्यक्रममार्फत संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व प्रदेशसभा सदस्य पारसप्रसाद जसपा परित्याग गरि  जनमत पार्टीमा औपचारिक प्रवेश गरेका छन्। पार्टीको तर्फबाट आयोजित बृहत पार्टी प्रवेश समारोहले मधेशको वर्तमान राजनीतिक समीकरणमा जनमत पार्टीको प्रभाव विस्तार भएको स्पष्ट संकेत दिएको छ।

कलैया उपमहानगरपालिका–२ स्थित एक सार्वजनिक स्थलमा आयोजित उक्त कार्यक्रममा जनमत पार्टीका शीर्षस्थ नेता, जिल्ला कमिटीका पदाधिकारी, कार्यकर्ता तथा स्थानीय नागरिकको उल्लेखनीय उपस्थिति रहेको थियो।

पार्टी प्रवेश गर्ने नेताहरूमध्ये प्रमोद गुप्ता संविधानसभा सदस्यका रूपमा बारा जिल्लामा परिचित राजनीतिक व्यक्तित्व हुन् भने पारसप्रसाद साह बारा क्षेत्र नं. ३ ‘ख’ बाट प्रदेशसभा सदस्य भइसकेका नेता हुन्। यी दुई नेतासँगै विभिन्न दल, पेशा र समुदायका झण्डै ५०० जना स्थानीय नागरिकले पार्टी प्रवेश गरेका हुन्।

सोही कार्यक्रम बीच विभिन्न पार्टी परित्याग गरि पाँच सय जना भन्दा बढीलाई जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा. सिके राउतले पार्टीमा प्रवेश गराएका हुन् । जनमत पार्टी बाराका इन्चार्ज शिवनाथ पटेलको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि केन्द्रिय अध्यक्ष डा. सिके राउत रहनु भएको थियो ।

सो कार्यक्रममा मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंह, पार्टीका पदाधिकारी, नेता, कार्यकर्ता, सञ्चारकर्मीहरु लगायतको उपस्थिति रहेको थियो ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more

    Leave a Reply