आज श्रावणको पहिलो सोमबार : शिवालयहरूमा भक्तजनको घुइँचो

जनकपुरधाम, श्रावण ५ –श्रावण महिनाको पहिलो सोमबार परेको आज देशभरका शिवालयहरूमा भक्तजनहरूको अपार भिड देखिएको छ। बिहानैदेखि शिवमन्दिरहरूमा श्रद्धालुहरू पूजाआजा, जलाभिषेक को लागि लामबद्ध देखिए। विशेषगरी जनकपुरधामसहित मधेश प्रदेशका मुख्य शिवालयहरू भक्तिभावले गुञ्जायमान बनेका छन्।

श्रावण महिनाको सोमबार हिन्दू धर्ममा अत्यन्तै पवित्र र फलदायी मानिन्छ। यस दिन व्रत बस्दै शिव पूजन गर्नाले मनोकामना पूरा हुने, पाप क्षय हुने र परिवारमा सुखशान्ति प्राप्त हुने धार्मिक विश्वास छ।

जनकपुरको शिवचोक, जलेश्वरको जलेश्वरनाथ मन्दिर, कपिलेश्वरनाथ मन्दिर, भुतनाथ मन्दिर ,महोत्तरी को टुटेश्वरनाथ, क्षिरेश्वर नाथ  लगाएतका मन्दिरहरूमा आज श्रद्धालुहरूको घुइँचो लागेको छ। त्यसैगरी भारतको प्रसिद्ध धार्मिक स्थल कलाणेश्वर स्थानमा मुख्यमन्त्री सतिश सिंह ले विशेष पूजा गरेका छन ।

आजको दिन विशेष गरी महिलाहरू व्रत बस्दै शिव–पार्वतीको पूजा गर्न मन्दिर पुगेका थिए। हरियो चुरा, पहेँलो सारी र पूजा सामग्री बोकेका महिलाहरूको उपस्थिति अत्यन्तै आकर्षक देखिन्थ्यो। उनीहरूले पतिको दीर्घायु, परिवारको सुख र सन्तान प्राप्तिका लागि शिव आराधना गरेका थिए।

  • सम्बन्धित समाचारहरु

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more

    रामपुर खाप छोटी भन्सार खुलाउन तेस्रो दिन पनि रिले अनसन जारी

    Read more

    Leave a Reply