छुटेकाहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आयोगको आग्रह

असार १२, काठमाडौ । विभिन्न कारणले  रिक्त रहेका पदहरूमा उपनिर्वाचन गर्ने तयारीका बीच निर्वाचन आयोग, नेपालले छुटेका नागरिकहरूलाई मतदाता नामावलीमा नाम दर्ता गर्न आग्रह गरेको छ।

निर्वाचन आयोगले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका योग्य नेपाली नागरिकहरूलाई छिटोभन्दा छिटो नाम दर्ता गराउन अनुरोध गरेको हो।

आयोगका अनुसार मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) को खण्ड (२) मा स्पष्ट भनिएको छ कि “निर्वाचनको मिति घोषणा भइसकेपछि सो निर्वाचनको प्रयोजनका लागि मतदाता नामावलीमा नाम दर्ता गरिने छैन।”

त्यसैले उपनिर्वाचनको मिति घोषणा हुनुअघि नै नाम दर्ता गरिसक्नुपर्ने आयोगले जनाएको छ।

“निर्वाचनको मिति घोषणा भएपश्चात मतदाता नामावली दर्ता कार्य रोकिने भएकाले हालसम्म नाम दर्ता नगरिएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई यथासक्य चाँडो निर्वाचन कार्यालय पुगेर नाम दर्ता गर्न आयोग हार्दिक अनुरोध गर्न आयोगका सहायक प्रवक्ता दुर्गा चालिसेले विज्ञप्तिमार्फत् बताएका छन्।

आयोगले निकट भविष्यमा उपनिर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको पनि जनाएको छ।

विज्ञप्ति:-

  • सम्बन्धित समाचारहरु

    राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव सङ्कलन

    Read more

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    Leave a Reply