महोत्तरी को औरही नगरपालिकाको १६ औं नगरसभा सम्पन्न,४५ करोड २७ लाख ७७ हजार को बजेट प्रस्तुत

असार १० , जनकपुरधाम। काशिकान्त झा

महोत्तरी को औरहि नगरपालिकाको १६ औं नगरसभा सम्पन्न भएको छ । मंगलबार  आर्थिक वर्ष २०८२/०८३ को बजेट ल्याएर नगरसभा सम्पन्न गरेको हो ।

प्रमुख अतिथी को रुपमा मधेस प्रदेसका मुख्यमन्त्री सतिस कुमार सिह , नगर प्रमुख प्रदिप खडका, उप प्रमुख रेनु झा लोसपा नेता ज्ञानेन्द्र झा ज्ञानु लगायत महोत्तरी जिल्लाका लगभग हरेक पालिकाका प्रतिनिधि हरुको सहभागिता रहेको थियो।

सभा का प्रमुख अतिथी तथा मधेस प्रदेसका मुख्यमन्त्री सतिस कुमार सिहलाइ नगर प्रमुख , उप प्रमुख , सम्पुर्ण नगर कार्यसमिति र नगर बासी को तर्फबाट अभिनन्दन पत्र हस्तान्तरण गरि अभिनन्दन समेत गरिएको थियो।

नगर प्रमुख प्रदिप खडकाले  कार्यपालिकाबाट पास गरेर  उप प्रमुख रेनु झा हस्तान्तरण गरेका थिए । त्यसपछि उप प्रमुख झा ले आय व्यय प्रस्तुत गर्दै अगामी आर्थिक वर्षको लागि ४५ करोड २७ लाख ७७ हजार रुपैयाँ विनियोजन गरेको छ ।संघीय सरकारबाट  ४० करोड ५४ लाख ७७ हजार ३२० रुपैयाँ  ,मधेश प्रदेश सरकारबाट २ करोड  ६३ लाख रुपैयाँ र आन्तरिक स्रोतबाट २ करोड १० लाख रुपैयाँ बजेट  विनियोजन गरेको छ ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply