टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण सर्वोच्च अदालतद्धारा माग

१० असार, काठमाडौँ । सर्वोच्च अदालतले टिकटकर रमा बस्नेतलाई थुनामा राख्नुको कारण माग गरेको छ । रमाका बुवा बलदेव बस्नेतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश कुमार रेग्मीको इजलासले कारण देखाऊ आदेश जारी गरेको हो ।

प्रधानमन्त्रीसहित राजनीतिक नेतृत्वलाई गाली गरेको र मधेसी समुदायलाई होच्याउने गरी बोलेर साम्प्रदायिक खलल पुर्‍याएको आरोपमा उनी गत असार १ गते पक्राउ परेकी थिइन् ।

खोटाङ स्थायी घर भएर भक्तपुर बस्दै आएकी रमालाई विद्युतीय कसुर गरेको आरोपमा पक्राउ गरिएको थियो । रमालाई पक्राउ गरी गैरकानुनी थुनामा राखिएको भन्दै सोमबार बन्दी प्रत्यक्षीकरण रिट दायर भएको थियो ।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    Leave a Reply