१२ कात्तिक , काठमाडौ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच बूढानीलकण्ठस्थित लामिछाने निवासमा चार घण्टा लामो भेटवार्ता भएको छ।
बिहान भएको उक्त भेटवार्तामा प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेनसमेत सहभागी थिए। भेटमा नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति, निजामती कर्मचारीसम्बन्धी अध्यादेश तथा विभिन्न विश्वविद्यालयका पदाधिकारी नियुक्तिलगायत महत्त्वपूर्ण विषयमा गम्भीर छलफल भएको बताइएको छ।
सरकारका आगामी निर्णय, प्रशासनिक संरचनासम्बन्धी व्यवस्था तथा विश्वविद्यालयमा पदाधिकारी नियुक्तिका विषयमा छलफल केन्द्रित रहेको जनाइएको छ।
प्रधानमन्त्री र सत्तारूढ दलका सभापतिबीच भएको लामो भेटवार्तालाई आगामी सरकारी निर्णय तथा महत्त्वपूर्ण नियुक्तिका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, भेटवार्तामा भएका छलफलका विषयमा दुवै पक्षबाट औपचारिक जानकारी सार्वजनिक भएको पुष्टि हुन बाँकी छ।



















