धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

११ कात्तिक , जनकपुरधाम।   धनुषाको सबैला नगरपालिकाबाट लागुऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन्।

जिल्ला प्रहरी कार्यालयबाट प्राप्त प्रेस विज्ञप्तिअनुसार, सबैला नगरपालिका–१३ किरतपुर निवासी अन्दाजी ४५ वर्षीया फुलो देवी ठाकुरलाई गाँजासहित नियन्त्रणमा लिइएको हो।

ठाकुरले आफ्नै घरमा लागुऔषध गाँजा बिक्री वितरण गर्ने गरेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो।

खानतलासीका क्रममा २ किलो ७८० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ परेकी ठाकुरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • सम्बन्धित समाचारहरु

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more

    अन्तरजिल्ला र विदेशबाट मतदानको व्यवस्था गर्न निर्वाचन आयोगको प्रस्ताव

    Read more