हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

११ कात्तिक , काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरूकै योगदानबाट बनेका पूर्वाधार र उपलब्धि उपयोग गरेर नयाँ भनिएका शक्तिहरूले आफूहरूलाई नै आलोचना गर्ने गरेको टिप्पणी गरेका छन्।

प्रचण्डले आफूहरूले गरेका कामको स्वामित्व लिन र जनतासमक्ष त्यसको योगदान स्पष्ट रूपमा राख्नुपर्ने बताएका छन्।

उनले भने, “अब अहिले चाहिँ नयाँ भनेकाहरू हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर, हाम्रो स्कुलमा पढेर हामीलाई गाली गर्दै हिँड्छन् र तपाईंहरू पनि पत्याउनेजस्तो, के लाजमर्दो! यही भएको छ के।”

आफूहरूले गरेका कामलाई खुलेर जनतासमक्ष राख्नुपर्नेमा जोड दिँदै प्रचण्डले भने, “यो कुरा हुन सक्नुपर्‍यो। यो हामीले गरेको हो भन्न सक्नुपर्‍यो।”

जनताले आफूहरूको योगदानलाई राम्रोसँग बुझ्ने दिन नयाँ राजनीतिक परिस्थिति निर्माण हुने दाबी गर्दै उनले भने, “जुन दिन जनताले यो कुरा राम्रोसँग बुझ्छन्, त्यो दिन फेरि एउटा अर्को नयाँ परिस्थिति बन्छ। देश हाम्रै नेतृत्वमा आउँछ।”

प्रचण्डको अभिव्यक्तिमा नयाँ भनिएका राजनीतिक शक्तिहरूले आफूहरूको योगदानलाई बेवास्ता गरेकोप्रति असन्तुष्टि र आफ्नो पार्टीको काम जनतामाझ स्थापित गर्नुपर्ने धारणा व्यक्त भएको देखिन्छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    अन्तरजिल्ला र विदेशबाट मतदानको व्यवस्था गर्न निर्वाचन आयोगको प्रस्ताव

    Read more