प्रधानमन्त्री वालेन्द्र शाहद्वारा एनपीएलको तेस्रो सिजन उद्घाटन

९ कात्तिक , काठमाडौ। सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियू) अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण उद्घाटन गर्नुभएको छ।

प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन गर्नुभएसँगै आजदेखि एनपीएलको तेस्रो सिजन औपचारिक रूपमा सुरु भएको हो।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुने प्रतियोगितामा विभिन्न फ्रेन्चाइज टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। एनपीएलले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा क्रिकेटप्रतिको आकर्षण बढाउन महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित टियू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछन्।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more