कांग्रेसको केन्द्रीय निर्वाचनमा मतदान सुरु, आफ्नो नाम जोडिएका सूची आधिकारिक नभएको नेताको स्पष्टोक्ति

२३ असोज, काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका लागि मतदान प्रक्रिया सुरु भएसँगै विभिन्न उम्मेदवारको सूचीलाई आफ्नो नामसँग जोडेर प्रचार गरिएकोप्रति एक नेताले आपत्ति जनाउँदै स्पष्टोक्ति दिएका छन्।

हिजेका लागि तय भएको निर्वाचन प्राविधिक कारणले एक दिन ढिलो भएको उल्लेख गर्दै उनले महाधिवेशन प्रतिनिधिहरूमा पर्न गएको असुविधाप्रति क्षमासमेत मागेका छन्।

उनले पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियामा सम्पूर्ण महाधिवेशन प्रतिनिधिलाई मर्यादित, संयमित र उत्साहपूर्ण रूपमा सहभागी हुन आग्रह गरेका छन्।

विभिन्न उम्मेदवारका सूचीलाई आफ्नो नामसँग जोडेर प्रचार गरिएको विषयमा स्पष्ट पार्दै उनले यसपटक पार्टीमा कुनै पनि प्यानल वा गुट नरहेको बताएका छन्। आफ्नो नाम जोडेर सार्वजनिक गरिएका कुनै पनि उम्मेदवारको सूचीलाई आधिकारिक समर्थन वा सिफारिसका रूपमा नबुझ्न उनले आग्रह गरेका छन्।

उनले महाधिवेशन प्रतिनिधिहरूलाई कुनै पनि अफवाह, भ्रम वा प्रभावमा नपरी पार्टीको सर्वोपरि हितलाई ध्यानमा राख्दै स्वतन्त्र विवेक, मूल्याङ्कन र विश्वासका आधारमा मतदान गर्न अपिल गरेका छन्

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more