संवेदनशील सूचना चुहावटको आरोपमा सशस्त्र प्रहरी महानिरीक्षक दाहाल निलम्बित

१९ असोज , काठमाडौ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई निलम्बन गर्दै उनीमाथि छानबिन गर्न समिति गठन गरेको छ।

गृह मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिअनुसार दाहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरणविपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरी बल, नेपालबाट कारबाहीका लागि मन्त्रालयमा सिफारिस प्राप्त भएको थियो।

उक्त आरोपमाथि छानबिन गर्न गृह मन्त्रालयले २०८३ असोज १९ गतेको निर्णयअनुसार दाहाललाई निलम्बन गरेको जनाएको छ। मन्त्रालयले छानबिन सम्पन्न गरी तीन दिनभित्र प्रतिवेदन पेस गर्न जाँचबुझ अधिकृत तोकिएको समेत जनाएको छ।

मन्त्रालयका अनुसार सशस्त्र प्रहरी कर्मचारीले आफ्नो सेवा र पदअनुसारको आचरण पालना गर्नुपर्ने तथा सुरक्षासँग सम्बन्धित संवेदनशील सूचनाको संरक्षण र गोपनीयता कायम गर्नुपर्ने कानुनी व्यवस्था छ।

गृह मन्त्रालयले आफ्ना मातहतका कर्मचारीबाट हुने पदिय आचरणविपरीतका कार्य, संवेदनशील गोप्य सूचनाको चुहावट तथा शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने गतिविधिमाथि सूक्ष्म निगरानी तथा विश्लेषण भइरहेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more