११ असोज, काठमाडौ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन्।
उनीलाई गएराति काठमाडौंको महाराजगञ्जस्थित आफ्नै निवासबाट उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
जबरा विरुद्ध परेको उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। यद्यपि, उनीविरुद्ध परेको उजुरीको विषय तथा आरोपको विस्तृत विवरण भने प्रहरीले हालसम्म सार्वजनिक गरेको छैन।
प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।


















