सुनको मूल्य तोलामा ३ हजारले घट्यो, ३ लाख २ हजार ४ सयमा कारोबार

२४ भदौ, काठमाडौं । स्थानीय बजारमा बुधबार सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। बुधबार चाँदी प्रतितोला ४० रुपैयाँले घटेर ४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
मंगलबार चाँदी प्रतितोला ४ हजार ७ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more