२२ भदौ, काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्मानमा आज देशभर राष्ट्रिय शोक मनाइँदैछ।
सरकारको निर्णयअनुसार आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने भएको छ।
भदौ १० गते आएको भोटेकोसी बाढीले रसुवासहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको थियो। बाढीका कारण ठूलो संख्यामा मानिसको ज्यान गएको, बेपत्ता भएको तथा भौतिक संरचनामा समेत व्यापक क्षति पुगेको छ। हालसम्म बाढीमा परी १ हजार ३३९ जनाको मृत्यु भएको र ४ हजारभन्दा बढी मानिस बेपत्ता रहेका छन्।
सरकारले विपद्मा ज्यान गुमाएका नागरिकप्रति सम्मान तथा शोक व्यक्त गर्दै राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो। आज विभिन्न सरकारी तथा सार्वजनिक निकायमा शोक प्रकट गरिनेछ।




















