रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको पहिचान खुल्यो

भदौ ८, गौर।रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको शवको सनाखत भएको छ। माधव नारायण नगरपालिका -६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको शव रहेको प्रहरीले जनाएको छ।

सरदमुकाम गौर नपा वडा नं २ महादेव पट्टीमा डेरा गरेर बसेकी साह ब्यूटी पार्लर जान्छु भनेर घरबाट निस्केकी थिइन्। बेलुका ६ बजे परिवारले फोन गर्दा फोन नलागेपछि परिवारले प्रहरीलाई खबर गर्न सकेको थिएन।

शनिबार राति गौर-सिर्सिया स्थित मुडवलबा गेट नजिक सडक पेटीमा सुटकेस डोरीले बाँधिएको अवस्थामा १० बजे फेला परेको थियो। आज जि.प्र.का रौतहटको अनुसन्धान टोलीले बिहान सुटकेस खोल्दा महिलाको हत्या गरेर शव राखिएको भेटिएको थियो ।

  • सम्बन्धित समाचारहरु

    राजर्षिजनक विश्वविद्यालयको ९औँ वार्षिकोत्सव सम्पन्न, डिजिटल प्रणालीमा लैजाने घोषणा

    Read more

    चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई लिएर सरकार उच्च सतर्कतामा

    Read more