रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको पहिचान खुल्यो

भदौ ८, गौर।रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको शवको सनाखत भएको छ। माधव नारायण नगरपालिका -६ माधोपुरकी ३० वर्षीया रुबी देवी साहको शव रहेको प्रहरीले जनाएको छ।

सरदमुकाम गौर नपा वडा नं २ महादेव पट्टीमा डेरा गरेर बसेकी साह ब्यूटी पार्लर जान्छु भनेर घरबाट निस्केकी थिइन्। बेलुका ६ बजे परिवारले फोन गर्दा फोन नलागेपछि परिवारले प्रहरीलाई खबर गर्न सकेको थिएन।

शनिबार राति गौर-सिर्सिया स्थित मुडवलबा गेट नजिक सडक पेटीमा सुटकेस डोरीले बाँधिएको अवस्थामा १० बजे फेला परेको थियो। आज जि.प्र.का रौतहटको अनुसन्धान टोलीले बिहान सुटकेस खोल्दा महिलाको हत्या गरेर शव राखिएको भेटिएको थियो ।

  • सम्बन्धित समाचारहरु

    धार्मिक सहिष्णुता कायम राख्न धनुषामा सर्वपक्षीय सहमति

    Read more

    सुनसरी घटनामा न्यायको माग गर्दै राजधानीमा प्रदर्शन, विनय यादवले आमरण अनशन बस्ने चेतावनी

    Read more