सिरहामा जिउँदै बिरामीलाई मृत घोषणा, भूमिजा हस्पिटलमाथि आक्रोश

भदौ ११, गोलबजार ।सिरहाको गोलबजारस्थित भूमिजा हस्पिटलमा एक महिला बिरामीलाई जिउँदै मृत घोषणा गरिएको घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन्।

सुखीपुर–ललसैयाकी ३५ वर्षीया रबिना यादवले विष सेवन गरेपछि उनलाई परिवारले तत्कालै उपचारका लागि भूमिजा हस्पिटल लगेका थिए। तर डाक्टर र स्वास्थ्यकर्मीले आवश्यक उपचार प्रक्रियामा गम्भीरता नदेखाई, बिरामीको ज्यान बचाउने प्रयासभन्दा पनि पैसा असुल्नेतर्फ मात्र ध्यान दिएको पीडित पक्षको आरोप छ।

रबिनालाई न त तुरुन्तै रेफर गरियो, न त थप सुविधा भएको अस्पतालमा पठाइयो। उल्टै जीवन रक्षाका उपाय नगरी अस्पतालले उनलाई मृत घोषणा गरी पोस्टमार्टमका लागि पठाएको थियो।

तर मृत घोषित गरिएको रबिनालाई आफन्तहरूले पोस्टमार्टमका लागि लैजाने क्रममा एम्बुलेन्समै जिउँदो देखेपछि घटनाप्रति आम नागरिकमा तीव्र आक्रोश फैलिएको छ। बिरामीको दाजु जीतन्द्र यादवले अस्पतालको लापरबाही र गैरजिम्मेवारीपनले रबिना जीवन मृत्युु सङ्ग लडदै गरेको बताए,हस्पिटल माथि कडा कारबाहीको माग गरेका छन्। निजको इलाज अहिले लहान अस्पताल मा भैरहेको जानकारी प्राप्त भएको छ।यस घटनाले मधेश प्रदेशकै स्वास्थ्य प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ।स्थानीयवासीले हस्पिटल प्रशासन र जिम्मेवार चिकित्सकमाथि तत्काल छानबिन गरी कानूनी कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

 

 

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more