सर्लाहीमा शिक्षकको गोली हानी हत्या

श्रावण ३०, सर्लाही ।सर्लाहीको हरिपुरवामा शुक्रबार राति अज्ञात समूहले गोली प्रहार गरी एक शिक्षकको हत्या गरेको छ।हरिपुर्वा नगरपालिका–६ निवासी महादेव यादव का छोरा करिब ४० वर्षीय रामपुकार यादवलाई राति करिब साढे ८ बजे मोटरसाइकलमा आएका हतियारधारी व्यक्तिहरूले निशाना बनाएर गोली प्रहार गरेका थिए।

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार, गोली लागेर गम्भीर घाइते भएका यादवलाई तत्काल उपचारका लागि महोत्तरीको रामगोपालपुरस्थित जानकी एकेडेमिक हस्पिटलतर्फ ल्याइँदै गर्दा बाटैमा उनको मृत्यु भएको हो।

चिकित्सकका अनुसार अस्पतालमा पुग्ने बेलासम्म रामपुकार यादवको मृत्यु भइसकेको पुष्टि गरे। डीएसपी राईका भनाइअनुसार, गोली प्रहारपछि फरार हुने क्रममा मोटरसाइकलमा रहेका ती हतियारधारी दुर्घटनामा परेको आशंका गरिएको छ।

घटनास्थलमा आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ। हालसम्म हमलाकारीको पहिचान नभएको र दोषीलाई पक्राउ गर्न सुरक्षा निकाय सक्रिय रहेको जानकारी दिइएको छ।

 

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more

    Leave a Reply