“सत्यको लागि एक्लै उभिए: दिपेन्द्र झा भन्छन्, MIS प्रणाली दुरुपयोग भयो!”

भदौ १०, जनकपुरधाम।कमला नगरपालिका, धनुषामा MIS अपरेटरका रूपमा कार्यरत दिपेन्द्र कुमार झाले सामाजिक सुरक्षा योजनासँग सम्बन्धित गम्भीर अनियमितताको आरोप सार्वजनिक गरेका छन्। उनले भने अनुसार, नगर प्रमुख, प्रमुख प्रशासनिक अधिकृत र अर्का MIS अपरेटरको संलग्नतामा मृत व्यक्तिको विवरणको दुरुपयोग गरी करिब २ लाख रुपैयाँ हिनामिना भएको थियो।

दिपेन्द्रले थपे कि, आफ्नो उजुरीका कारण मन्त्रालयले कार्य सम्पादन मूल्याङ्कन सन्तोषजनक नभएको चिठी पठाएको र आफुलाई कार्यालयबाट हटाउने प्रयास भइरहेको छ। उनले आफ्नो बयानलाई पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत सबैलाई जानकारी गराउन चाहेको बताएका छन्।

“सत्य सत्य हुन्छ। चाहे संसार पुरै गलत बाटोमा गएपनि म एक्लै विपरीत बाटोमा हिँड्न तयार छु,” दिपेन्द्रले भने। उनले आफ्नो इमान्दारिता, निष्पक्षता र सत्यतालाई विश्वासयोग्य बताउँदै आफन्त, साथी तथा इष्टमित्रबाट आउने मानसिक सन्तुलनसम्बन्धी आरोपप्रति पनि स्पष्ट प्रतिक्रिया दिएका छन्।

दिपेन्द्रले लेखेका छन“भोलिको दिनमा मेरो जागिर भए नभए पनि म आफ्नो छोराछोरीलाई शिक्षा दिनेछु – जीवनमा गल्ती नगरे कहिले पनि कोहीसँग नडराउनु।” उनले आफ्नो यो लडाई व्यक्तिगत र न्यायको लागि लडिने प्रतिज्ञा पनि सार्वजनिक गरेका छन्।

 

  • सम्बन्धित समाचारहरु

    गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

    Read more

    विवादबीच गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग भेटघाटमा

    Read more