मिथिलाञ्चलमा आज चौठचन्द्र पर्व श्रद्धा र उल्लासका साथ मनाइँदै

भदौ १०, जनकपुरधाम। मिथिलाञ्चलमा आज श्रद्धा, भक्ति र उल्लासका साथ चौठचन्द्र पर्व मनाइँदैछ । विशेषगरी महिलाहरूले चन्द्रदेवको पूजा–आराधना गर्दै परिवारको सुख–समृद्धि, दीर्घायु र सन्तानको कल्याणका लागि यो पर्व मनाउने परम्परा रहिआएको छ ।

भाद्र महिनाको कृष्णपक्ष चतुर्थीका दिन मनाइने यो पर्वलाई मिथिलाञ्चलमा विशेष महत्त्वका साथ लिइन्छ । बिहानदेखि नै महिलाहरूले व्रत बस्ने, चन्द्रमा उदाउँदासम्म पूजा गर्ने र परम्परागत विधिअनुसार प्रसाद चढाउने गरिन्छ ।

जनकपुरधामसहित धनुषा, महोत्तरी, सिरहा, सप्तरी लगायतका  मिथिलान्चल क्षेत्रमा आज बिहानैदेखि व्रत बस्नेहरूको भीड देखिएको छ । चन्द्रदेवलाई दुधमा बनेको खिर, पुरी ,दही, लाडु तथा विभिन्न मिठाइ तहा फलफूल चढाइने यो पर्वमा विशेषगरी विवाहित महिलाहरूको सक्रिय सहभागिता रहने गर्दछ ।सामाजिक तथा धार्मिक रूपमा महत्त्वपूर्ण मानिने चौठचन्द्र पर्व मिथिलाञ्चलको सांस्कृतिक पहिचानसँग जोडिएको छ । स्थानीय विद्वान्हरूका अनुसार यस पर्वले समाजमा पारिवारिक एकता, भक्ति र सहअस्तित्वको सन्देश दिने गर्दछ ।

 

  • सम्बन्धित समाचारहरु

    गृह मन्त्री सुदन गुरुङद्वारा राजीनामा, निष्पक्ष छानबिनको माग

    Read more

    विवादबीच गृहमन्त्री गुरुङ प्रधानमन्त्रीसँग भेटघाटमा

    Read more