रास्वपाको महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित

१२ असार ,  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट विपिनकुमार आचार्य महामन्त्रीमा निर्वाचित भएका छन्।
महामन्त्री पदका लागि भएको निर्वाचनमा आचार्यले अन्य प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन्। उक्त पदका लागि मनिष झा, सागर ढकाल र गणेश कार्की पनि प्रतिस्पर्धामा थिए।
निर्वाचनअघि निवर्तमान महामन्त्री कवीन्द्र बुर्लाकोटी, गणेश पराजुली, प्रमोद न्यौपाने, जगदीश खरेल र रञ्जु दर्शनालगायतले आफ्नो उम्मेदवारी फिर्ता लिँदै आचार्यलाई समर्थन गरेका थिए।
प्रथम महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गरिरहेको रास्वपामा महामन्त्रीमा आचार्यको विजयलाई पार्टीको संगठन सुदृढीकरण र आगामी राजनीतिक यात्राका लागि महत्वपूर्ण मानिएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा भोलि बिहान ६ बजेदेखि १० बजेसम्म कर्फ्यु आंशिक रूपमा खुला

    Read more

    जनकपुरधाम उपमहानगरपालिकाद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, शान्ति र संयमताका लागि अपिल

    Read more