मैथिली विकास कोषद्वारा मासिक विद्यार्थी–केन्द्रित कथा गोष्ठी सम्पन्न, विजेताहरुलाई पुरस्कार वितरण

मंसिर ६, जनकपुरधाम। मैथिली भाषा, साहित्य र युवापुस्ता बीच सिर्जनशीलता प्रवर्द्धन गर्ने उद्देश्यले मैथिली विकास कोष ले आयोजना गर्दै आएको विद्यार्थी–केन्द्रित कथा गोष्ठी आज शनिबार होटल सीता प्यालेसमा सम्पन्न भएको छ। कार्यक्रममा विद्यार्थी, शिक्षक, लेखक, पत्रकार सक्रिय उपस्थिति थियो।

विशेषगरी यसपटकका गोष्ठीमा वरिष्ठ साहित्यकार तथा पत्रकार सूजित कुमार झा, साहित्यकार शिवराम झालगायत प्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता रहेको थियो, जसले विद्यार्थीहरूलाई साहित्यिक यात्रामा निरन्तर अग्रसर हुन प्रेरणा दिएका थिए।

कथा प्रस्तुतिका आधारमा निर्णायक मण्डलले उत्कृष्ट तीन कथालाई छनोट गर्दै पुरस्कार वितरण गरेको थियो।

विजेता एवं पुरस्कार वितरण

गोष्ठीमा

प्रथम स्थान — गोबिन्द मण्डल

द्वितीय स्थान — पूजा यादव

तृतीय स्थान — नितिस यादव

रहेका थिए। विजयी तीनै विद्यार्थीलाई प्रमाणपत्र, पुरस्कार तथा शुभकामना सहित सम्मान गरिएको थियो।

कार्यक्रमका सहभागी साहित्यकार तथा पत्रकारहरूले मैथिली भाषा, संस्कृति र कथालेखनमा नयाँ पुस्ताको सक्रियता अत्यन्त उत्साहजनक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यार्थीहरूलाई सृजनशील अभ्यासतर्फ आकर्षित गर्ने बताए।

मैथिली विकास कोषले आगामी महिनाहरूमा पनि यस्ता गोष्ठीलाई निरन्तरता दिने तथा विद्यार्थीहरूको सहभागिता अझ विस्तार गर्ने योजना अघि सारेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more

    सुनसरी घटनाले पूर्वराजा ज्ञानेन्द्र चिन्तित, सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि गरे अपिल

    Read more