भाइ–बुहारीको झगडा छुटाउन गएका दाइको हत्या

९ साउन, जनकपुरधाम । सिरहामा भाइ–बुहारी बिचको झगडा छुटाउन गएका दाइको खुकुरी प्रहारबाट हत्या भएको छ । गोलबजार नगरपालिका–३ का ३५ वर्षीय मोतीराम सदाको खुकुरी प्रहार गरी हत्या भएको हो ।

उनलाई आफ्नै भाइ २५ वर्षीय श्याम सदाले खुकुरी प्रहार गरी हत्या गरेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानले जानकारी दिए ।

डिएसपी पासवानका अनुसार बिहीबार राति ९ बजेतिर श्याम र उनकी श्रीमती कौशल्या सदाबीच घरायसी विवाद भइरहेको थियो । विवाद छुट्टाउन गएका दाइ मोतीराम सदालाई भाइ श्यामले खुकुरी प्रहार गरेका थिए ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका मोतीरामको प्रादेशिक अस्पताल लहानमा उपचारको क्रममा राति सवा ११ बजेतिर मृत्यु भएको डिएसपी पासवानले बताए ।

खुकुरी प्रहार गरी फरार भएका भाइ श्यामलाई सिरहा प्रहरीले औरही गाउँपालिकास्थित सीमा क्षेत्रबाट आज बिहान पक्राउ गरेको छ ।

घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    भारतसँग सबै क्षेत्रमा सहकार्य विस्तार गर्न चाहन्छौँ : परराष्ट्रमन्त्री खनाल

    Read more

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    Leave a Reply