बाराको सिमरामा तनाव यथावत्, विद्यालय बन्द

मंसिर ४, सिमरा। बाराको सिमरा क्षेत्रमा नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबिच बुधबार भएको झडपको प्रभाव आज पनि जारी रहँदा स्थानीय वातावरण असामान्य बन्न पुगेको छ। निर्माण भएको तनाव अझै नमतिदा क्षेत्रको दैनिक जनजीवन प्रभावित बनेको छ।

बुधबार साँझ प्रहरी प्रशासन र प्रदर्शनकारी युवाहरूबीच केही सहमति बनेपछि सडकहरू आंशिक रूपमा सञ्चालनमा आए पनि आज बिहानैदेखि फेरि प्रदर्शन बढेका कारण सिमरा पुनः अशान्त देखिएको हो। युवाहरूको समूह बिहानैदेखि सडकमा निस्किएर विरोध कार्यक्रम सञ्चालन गरिरहेको जनाइएको छ।

स्थिति जटिल बन्दै गएपछि सिमरा तथा आसपासका सामुदायिक तथा संस्थागत विद्यालयहरूले आज पठनपाठन स्थगित गरेका छन्। अभिभावक र स्थानीयवासीले सुरक्षाको चिन्ता व्यक्त गर्दै बालबालिकालाई घरमै राख्न आग्रह गरिरहेका छन्।

प्रहरीले स्थिति नियन्त्रणमा लिन आवश्यक सुरक्षा व्यवस्था कडा पारेको छ भने प्रदर्शनकारी समूहहरूलाई शान्त रहन र वार्तामार्फत समाधान खोज्न आह्वान गरेको छ। झडपको कारण, क्षति र आगामी कदमबारे थप विवरण आउन बाँकी छ।

  • सम्बन्धित समाचारहरु

    विधानले देउवालाई अब सभापति बनाउँदैन, बिदा भएर जाने हो : गगन थापा

    Read more

    औरही नगरपालिकामा जनप्रतिनिधि र कर्मचारीमाथि दुर्व्यवहार भएको भन्दै दोषीमाथि कारबाहीको माग

    Read more