बरहथवामा स्कुल बसबाट खस्दा विद्यार्थीको मृत्यु

श्रावण २३, सर्लाही ।सर्लाहीको बरहथवामा स्कुल बसबाट खसेर एक विद्यार्थीको मृत्यु भएको छ।मृत्यु हुनेमा धनकौल गाउँपालिका–३ हरकठ्वाका १३ वर्षीय फैजान शेख रहेका छन्। उनी कक्षा ३ मा कायाकल्प एकेडेमीमा अध्ययनरत थिए।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार, बिहीबार अपराह्न साढे ४ बजे बरहथवा नगरपालिका–८ टाँडीस्थित भित्री सडकखण्डमा ग १ ख ९५६८ नम्बरको कायाकल्प एकेडेमीको स्कुल बसको ढोकाबाट खस्दा फैजान गम्भीर घाइते भएका थिए। ढोकामा उभिरहेका बेला लडेका उनीलाई तत्काल बरहथवाको संकटमोचन अस्पतालमा उपचारका लागि लगिएको थियो।

त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगञ्जको नेशनल मेडिकल कलेज पठाइयो। तर उपचारकै क्रममा साँझ ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाम लगायत मिथिलाञ्चलमा आज लोकपर्व चौरचन मनाइँदै, जनकपुरधामसहित विभिन्न पालिकामा सार्वजनिक बिदा

    Read more

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    Leave a Reply