नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३, मुगुमा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना

भदौ १३, काठमाडौ । नेपालमा राष्ट्रिय निकुञ्जको संख्या १३ पुगेको छ। नेपाल सरकारले मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने निर्णय गरेको हो।

नयाँ घोषणा गरिएको निकुञ्ज करिब ९०६ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ। यसमा मुगुम कार्मारोङ गाउँपालिकाको डोल्फु क्षेत्र समेटिएको छ, जुन यसअघि डोल्पास्थित शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जसँग जोडिएको थियो।

सरकारको निर्णयअनुसार डोल्फु क्षेत्रलाई अलग गरी नयाँ ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गरिएको हो। यस कदमसँगै नेपालमा संरक्षित क्षेत्रको संख्यात्मक विस्तार मात्र नभई स्थानीय जैविक विविधता संरक्षण, पर्यटन प्रवर्द्धन र वातावरणीय सन्तुलन कायम राख्न टेवा पुग्ने अपेक्षा गरिएको छ। छायाँनाथ राष्ट्रिय निकुञ्ज स्थापनाले पश्चिम हिमाली क्षेत्रको जैविक सम्पदा संरक्षणसँगै धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको छायाँनाथ क्षेत्रलाई पनि विश्वसामु चिनाउने अवसर मिल्नेछ।

 

  • सम्बन्धित समाचारहरु

    निर्दलीय स्थानीय निर्वाचनको सिफारिस स्वागतयोग्य : युवा नेता प्रवेश चौधरी —

    Read more

    संघीयता सुदृढीकरणको मागसहित जनमत पार्टी सडकमा उत्रिने

    Read more