धनुष यज्ञ धुमधामसँग सम्पन्न, विवाह पञ्चमी महोत्सवले जनकपुरधाममा धार्मिक उत्साह शिखरमा

मंसिर ६, जनकपुरधाम। ऐतिहासिक श्रीसीताराम विवाह पञ्चमी महोत्सवअन्तर्गत तेस्रो दिन जनकपुरधाममा सम्पन्न गरिएको धनुष यज्ञ अत्यन्तै भव्य, सांस्कृतिक एवं धार्मिक उत्साहले भरिपूर्ण रह्यो। बेलुका ५ बजे देखि सुरु भएको  बाह्रविघा रङ्गभूमि क्षेत्रमा देश–विदेशका भक्तजन र पर्यटकहरूको घुइँचो लागेको थियो।

मिथिलाको गौरवपूर्ण परम्परा झल्काउने यो अनुष्ठान राजर्षि जनकले सीताको स्वयंवरका लागि आयोजना गरेको मूल धनुष यज्ञको पुनर्स्मरण स्वरूप वर्षेनि धुमधामले मनाइन्छ। आजको यज्ञमा पनि भगवान् श्रीरामले शिवधनुष उठाएर प्रत्यञ्चा चढाउँदा धनुष तीन टुक्रामा विभाजित हुने पौराणिक प्रसङ्ग नाट्यमय रूपमा प्रस्तुत गरियो। कथा अनुसार धनुषका टुक्रा आकाश, पाताल र धनुषाधामस्थित धनुषा क्षेत्रमा खसेको उल्लेख छ।

महोत्सवले जनकपुरधामलाई धार्मिक तथा पर्यटकीय रूपमा झनै जीवन्त बनाएको छ। रङ्गभूमि क्षेत्रमा परम्परागत वाद्यवादन, भजन–कीर्तन र राम–सीता प्रसङ्गका नाट्य प्रस्तुतीले वातावरण आध्यात्मिक उत्साहले गुञ्जायमान बनायो।

जानकी मन्दिरका महन्थ रामरोशन दासका अनुसार महोत्सवका आगामी कार्यक्रमहरू पनि भव्य रूपमा अघि बढ्नेछन्।
आगामी कार्यक्रमहरू:

मंसिर ७ – तिलकोत्सव

मंसिर ८ – मटकोर

मंसिर ९ – स्वयंवर तथा शुभ विवाह

मंसिर १० – रामकलेवा

धार्मिक आस्थासँगै भीड बढेपछि प्रशासनले सुरक्षा, यातायात र व्यवस्थापनका सबै तयारी पूरा गरेको जनाएको छ।

विवाह पञ्चमी महोत्सवले मिथिला सभ्यताको सांस्कृतिक निरन्तरतासँगै जनकपुरधामलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धार्मिक पर्यटनको प्रमुख केन्द्रका रूपमा अझ स्थापित गरेको देखिन्छ।

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more