१९ फागुन , काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का धनुषा–१ प्रतिनिधिसभा सदस्य उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज भएको छ।
निर्वाचन आयोगका कार्यवहाक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले धनुषा क्षेत्र नम्बर–१ का उम्मेदवार साहको उम्मेदवारी खारेज गर्ने निर्णय भएको पुष्टि गरेका छन्।
साह धनुषा–१ बाट प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवार बनेका थिए।
धनुषा १ मा रास्वपा उम्मेदवार कमलको उम्मेदवारी खारेजीको यस्तो छ कारण
धनुषा निर्वाचन क्षेत्र नम्बर १ का मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार शाह विरुद्ध गत फागुन १० गते निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको उजुरी थियो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरी फागुन ११ गते निर्वाचन आयोगमा पठाएको थियो । यसपछि आयोगले गत फागुन ११ गते उम्मेदवार साहसँग स्पष्टीकरण माग गरेको थियो । आयोगको फागुन १८ गतेको निर्णयले उनको उम्मेदवारी खारेजी गर्ने निर्णय गरेको थियो । सो पत्र आयोगले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएको अधिकृत बरालले बताए ।
उम्मेदवारी खारेज भएसँगै धनुषा–१ को चुनावी समीकरणमा प्रत्यक्ष प्रभाव पर्ने देखिएको छ। निर्वाचन प्रक्रिया अन्तर्गत अब उक्त क्षेत्रमा बाँकी उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुने छ।
यस विषयमा रास्वपाको आधिकारिक धारणा आउन बाँकी छ।

















