जनमत पार्टीले दीपक कुमार साहलाई साधारण सदस्य समेत नरहने गरी निष्कासन

श्रावण २२, जनकपुरधाम— जनमत पार्टीले अनुशासनहीन गतिविधिमा संलग्न भएको आरोपमा सुनसरीका दीपक कुमार साहलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेको छ। पार्टीको केन्द्रीय अनुशासन समितिले पत्र जारी गर्दै साहमाथि पार्टी विधानको गम्भीर उल्लंघन गरेको ठहर गर्दै निष्कासनको निर्णय सुनाएको हो।

जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष तथा अनुशासन समिति संयोजक नरेन्द्र प्रसाद चौधरी र सदस्य सचिव अनिता कुमारी मण्डलद्वारा हस्ताक्षरित पत्रमा उल्लेख अनुसार, साहलाई २०८१ साल माघ २१ गते ११ बुँदे स्पष्टीकरण सोधिएको थियो। त्यसको जवाफ माघ २७ मा प्राप्त भएपनि चित्त बुझ्दो नठहरिएपछि फागुन १४ गते १४ बुँदे सुधारको सुझाव दिँदै ६ महिनाको लागि सम्पूर्ण पार्टी पदबाट निलम्बन गरिएको थियो।

तर सो निर्णयपछि पनि साहले कुनै सुधार नगरेको भन्दै पार्टीले उनीविरुद्ध थप अनुशासन उल्लंघनका गम्भीर आरोप लगाएको छ। पार्टीले जारी गरेको निष्कासन पत्रमा साहमाथि निम्न आरोपहरू लगाइएका छन्:पार्टी विरोधी गतिविधिमा,निरन्तर संलग्न हुनु,गुटबन्दी र पार्टी फुटाउने प्रयास गर्नु,सार्वजनिक रूपमा पार्टी र नेतृत्वको विरोधमा अभिव्यक्ति दिनु,गोप्य समितिका निर्णयहरू बाहिर ल्याउनु,पार्टीको नाम, झण्डा, छापको अवैध प्रयोग गर्नु,विरोधी शक्तिसँग साँठगाँठ गर्नु,पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने कार्य गर्नु,पार्टीका कार्यक्रम तथा आन्दोलनविरुद्ध काम गर्नुयी सबै आरोप जनमत पार्टीको विधान २०७५ को धारा ३९ (क) अन्तर्गतका उपधारा १, ३, ४, ५, ६, ७, ९, १०, १२ र १५ अनुसार रहेका छन्। पार्टीले दाबी गरेको छ कि ती सबै गतिविधिहरूको प्रमाण समेत संलग्न गरिएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    जनकपुरधाम लगायत मिथिलाञ्चलमा आज लोकपर्व चौरचन मनाइँदै, जनकपुरधामसहित विभिन्न पालिकामा सार्वजनिक बिदा

    Read more

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    Leave a Reply