घरमै बसेर पनि युवाले महिनाको दुई लाख सम्म कमाइ रहेका छन- शिक्षामन्त्री पन्त

श्रावण १०, काठमाडौ ।नेपालका शिक्षामन्त्री रघुजी पन्तले काठमाडौंमा आयोजित एक कार्यक्रममा फ्रिलान्सिङ र रिमोट वर्क जस्ता प्रविधिनिर्भर वैकल्पिक रोजगारीको चर्चा गर्दै उल्लेखनीय अभिव्यक्ति दिएका छन्।

कार्यक्रममा बोल्दै मन्त्री पन्तले भने, “अहिले काठमाडौंका ८० प्रतिशत युवाहरु जागिर खाँदैनन्, तर पनि उनीहरुले घरमै बसेर महिनामा दुई लाख रुपैयाँभन्दा बढी कमाइरहेका छन्।”

उनका अनुसार यी युवाहरुले विदेशका विभिन्न कम्पनीहरूबाट अनलाइनमार्फत काम लिने गर्दछन् र आफ्नै ल्यापटपबाट सो काम सम्पन्न गरी विदेश पठाउने गर्दछन्। “यसरी कमाइएको पैसाबाट वार्षिक करिब एक खर्ब रुपैयाँ नेपालमा भित्रिरहेको छ,” मन्त्री पन्तले बताए।

उनी भन्छन्, “यदि सरकारले प्रविधि, सीप विकास र अनलाइन रोजगारीलाई व्यवस्थित गर्ने नीति निर्माण गर्न सक्यो भने यो रकम आठ खर्ब रुपैयाँसम्म पुर्‍याउन सकिन्छ।”

हालसम्म राज्य संरचनाले औपचारिक सरकारी वा निजी क्षेत्रको रोजगारीलाई मात्र मुख्य रोजगारीको रूपमा लिने गरेको छ। तर, पछिल्लो समय इन्टरनेट, डिजिटल प्लेटफर्म र अन्तर्राष्ट्रिय प्रविधिको पहुँच विस्तारसँगै फ्रिलान्सिङ, रिमोट वर्क, डिजिटल मार्केटिङ, वेब डेवेलपमेन्ट, ग्राफिक डिजाइन, कन्टेन्ट लेखन, अनुवाद सेवाजस्ता कामप्रति युवाहरु आकर्षित हुँदै गएका छन्।

मन्त्री पन्तले यस्ता कामलाई रोजगारीको वैकल्पिक स्वरूपका रूपमा मात्र नभई राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण स्रोतका रूपमा लिन आवश्यक रहेको औँल्याए। उनले भने, “सरकारले सीप तालिम, उपकरण पहुँच, अन्तर्राष्ट्रिय नेटवर्किङ र डिजिटल पेमेन्ट सिस्टमलाई सरल बनायो भने लाखौँ युवाहरू यस्ता पेशामा लाग्न सक्छन्।”

  • सम्बन्धित समाचारहरु

    राजनीतिक दलका कार्यक्रममा शिक्षक सहभागी भएको भन्दै शिक्षा विकास इकाइले माग्यो कारबाही

    Read more

    मन्त्रिपरिषद्का ६ निर्णय : स्वास्थ्य सेवा सुधारदेखि उच्च तहका कर्मचारीको पदस्थापनसम्म

    Read more

    Leave a Reply