१३ असोज, काठमाडौ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन पूर्वनिर्धारित मितिभन्दा दुई दिन ढिलो हुने भएको छ।
यसअघि असोज १६ गतेदेखि महाधिवेशन सञ्चालन गर्ने निर्णय गरिएको भए पनि अब महाधिवेशन असोज १८ गतेदेखि सुरु हुने भएको हो।
कांग्रेसको १५औँ महाधिवेशनको भव्य उद्घाटन काठमाडौंस्थित खुलामञ्चमा गर्ने कार्यक्रम तय गरिएको छ।
कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्ति जारी गर्दै महाधिवेशनको नयाँ मिति तथा उद्घाटनस्थलबारे आधिकारिक जानकारी गराउनुभएको हो।
नयाँ कार्यतालिकाअनुसार महाधिवेशन असोज १८ गतेदेखि प्रारम्भ हुनेछ। महाधिवेशनमा पार्टीको आगामी नेतृत्व, नीति तथा संगठनात्मक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

















